लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

विश्वकप लिग दुईमा नेदरल्याण्ड्ससँग अमेरिका पराजित

IMG

तिलोत्तमा, भदौ ६ गते २०८१।विश्वकप लिग दुइ श्रृङ्खलामा नेदरल्यान्ड्सले अमेरिकालाई हराएको छ । नेदरल्यान्ड्समा भएको श्रृङ्खलामा अमेरिका, क्यानडा र घरेलु टोलीबीचको त्रिकोणात्मक श्रृङ्खलाको छैटौँ खेलमा घरेलु टोलीले अमेरिकालाई  २७ रनले पराजित गरेको हो ।नेदरल्यान्ड्सले दिएको २ सय ७ रनको लक्ष्य पछ्याएको अमेरिकाले ४५ ओभर ५ बलमा अल आउट हुँदै १ सय ७९ रन मात्र बनायो । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्स ४९ दशमलव १ ओभरमा २ सय ६ रन जोड्दै अल आउट भएको थियो ।


 यो खेलसँगै लिग दुईको चौथो राउन्ड सकिएको छ । यस राउन्डमा घरेलु टोलीले शतप्रतिशत जित निकाल्दा क्यानडाले चारै खेल गुमाएको छ । अमेरिका २ मा जित तथा २ खेलमा पराजित भयो । ८ टोली सहभागी लिग दुईको अङ्क तालिकामा नेदरल्यान्ड्स १२ अङ्कका साथ शीर्ष स्थानमा छ ।पराजित अमेरिका ४ अङ्कका साथ पाँचौँ स्थानमा छ । दुई अङ्कका साथ नेपाल सातौँ स्थानमा छ । लिग दुईको शीर्ष चार टोलीले सन् २०२७ मा हुने एक दिवसीय क्रिकेट विश्वकप छनोटमा स्थान बनाउने छन् ।


कमेन्ट गर्नुहोस्