लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

भारत र श्रीलङ्का बीचको पहिलो एकदिवसीय आज

tillotmacitynews - 2024 Aug 02 08:24 AM
IMG

तिलोत्तमा,साउन १८ गते २०८१।भारत र  श्रीलङ्का बीचको पहिलो एकदिवसीय खेल आज हुँदैछ। श्रीलङ्का भ्रमणमा रहेको भारतीय टीम र श्रीलङ्का बीचको आजको खेल दिउँसो २ः ४५ बजेबाट सुरु हुनेछ।कोलम्बोको प्रेमादसा स्टेडियममा हुने आजको खेलमा दुबै टोली जितको लक्ष्यसहित मैदान उत्रने छ।रोहित शर्माको कप्तानीमा रहेको भारतीय टीममा विराट कोहली, ऋषभ पन्त, शुभमन गिल, केएल राहुल, रियान पराग, शिवम दुवे, अर्शदिप सिंह, कुलदीप यादव लगायतका खेलाडी छन्। तर, आजको प्लेइङ्ग ११ मा क कसलाई स्थान दिइन्छ भन्ने खुलाइएको छैन।त्यस्तै चरित असलङ्काको कप्तानीमा रहेको श्रीलङ्कन टीममा वानिन्दु हसरङ्गा, निशान मदुस्का, असिथा फर्नान्डो, कामिन्डु मेन्डिस, मोहम्मद सिराज, पाथुम निस्सान्का, महिसा थिकसेना लगायतका खेलाडी रहेका छन्। तर, प्लेइङ्ग ११ मा क कसलाई स्थान दिइन्छ भन्ने खुलाइएको छैन।

यसअघि भएको ३ खेलको सूर्य कुमार यादवको कप्तानीमा रहेको टीमले टी–२० सिरिजमाथि क्लिन स्विप गरेको थियो। 

कमेन्ट गर्नुहोस्