लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

श्रीलंकाले पहिलोपटक जित्यो वुमन एसिया कपको उपाधि

IMG

तिलोत्तमा, साउन १३ गते २०८१।हर्षिता मदाभीको उत्कृष्ट प्रदर्शनसँगै श्रीलंकाले वुमन एसिया कपको उपाधि जितेको छ ।पहिलो पटक उपाधि जित्ने क्रममा श्रीलंकाले सात पटकको च्याम्पियन भारतलाई ८ विकेटले हराएको हो । बलियो भारतले दिएको १६६ रनको लक्ष्य श्रीलंकाले १८.४ ओभरमा मात्र २ विकेट गुमाएर भेटायो ।


पहिलो विकेट भने सस्तैमा गुमाएको थियो । ओपनर भिश्मी गुणरत्ने मात्र १ रनमा आउट भएकी थिइन्, जतिबेला टिमको स्कोर मात्र ७ रन दियो । तर कप्तान चमारी अथापथ्थु रहर्षिताले पारी सम्हाले ।दुवैले दोस्रो विकेटका लागि ८७ रनको साझेदारी गरे । १२औं ओभरको अन्तिम बलमा कप्तान चमारी ६१ रनमा आउट हुँदा श्रीलंकाको स्कोर ९४ रन थियो ।


हर्षिताले जिम्मेवारी सम्हालिन् । उनले कभिशा भिलहारीसँग मिलेर श्रीलंकालाई जिताइन् । हर्षिता ६९ र ३० रनमा अविजित रहिन् । ५१ बलको सामना गरेकी हर्षिताले ६ चौका र २ छक्का हानेकी थिइन् ।यसअघि दाम्बुलामा टस जितेर पहिले ब्याटिङ गरेको भारतले स्मृति मान्धानाको ६० रनको मद्दतमा निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६५ रन बनाएको थियो ।

कमेन्ट गर्नुहोस्