
तिलोत्तमा सिटी, २०८१,साउन ८ गते । डिभिजन वन कार्यालय बाँकेले गत आर्थिक वर्ष ०८०-०८१ मा वन र वन्यजन्तु सम्बन्धी विभिन्न किसिमका २३ वटा मुद्दा दर्ता गरेको छ । डिभिजन वन कार्यालय बाँकेका सूचना अधिकारी वरिष्ठ वन अधिकृत वीरेन्द्र रोकाका अनुसार गत आर्थिक वर्षमा अवैध काठ तथा जडीबुटी ओसारपसार, वन्यजन्तु तस्करी लगायतका विभिन्न २३ वटा मुद्दा बाँके जिल्ला अदालतमा दायर गरिएको हो ।
उहाँका अनुसार सबैभन्दा बढी २० वटा मुद्दा अवैध काठ ओसारपसार तथा जडीबुटी सम्बन्धी छन् । त्यसैगरी तीन वटा मुद्दा वन्यजन्तु सम्बन्धी छन् । वन सम्बन्धी मुद्दामा संलग्न ५० जना र वन्यजन्तु सम्बन्धी मुद्दामा संलग्न १४ गरी जम्मा ६४ जना व्यक्ति प्रतिवादी छन् ।
वन्यजन्तु मुद्दा अन्तर्गत बाघको छाला दुई थान, बाघको हड्डी ६.८१ केजी र चित्तलको मासु ३० केजी बरामद मुद्दामा तीन जना प्रतिवादी र वन अन्तर्गत झ्याउ ५०८४.०२ केजी, साल गोलिया १८९.१५ क्यूफिट, साल चिरान २४९.९२ क्यूफिट, खयर गोलिया ५१.९८ क्यूफिट, अन्य जातको गोलिया ३५१.७० क्यूफिट, दाउरा १.३४ चट्टा र यार्सागुम्बा ३७.९२ ग्राम बरामद मुद्दामा ५० जना प्रतिवादी पक्राउ परेका छन् । पक्राउ परेका व्यक्तिहरूलाई बाँके जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ ।
वन तथा वन्यजन्तु मुद्दामा बरामद भएका वस्तु ओसारपसारमा संलग्न व्यक्तिहरूबाट विभिन्न सवारी साधनहरू समेत बरामद गरिएको छ । सूचना अधिकारी रोकाका अनुसार वन तथा वन्यजन्तु मुद्दामा बरामद भएका वस्तु ओसारपसारमा प्रयोग गरिएका इलेक्ट्रिक गाडी एक थान, ट्रक एक थान, बोलेरो गाडी दुई थान, मोटरसाइकल एक थान र साइकल सात थान बरामद गरिएको हो ।
आर्थिक वर्ष ०७९-०८० मा डिभिजन वन कार्यालय बाँकेले बाँके जिल्ला अदालतमा विभिन्न किसिमका २५ वटा मुद्दा दायर गरेको थियो ।
उहाँले आलु आयातबाट नेपालगन्ज भन्सारले आव २०७९–८० मा १४ करोड ७७ लाख २२ हजार रुपियाँ राजस्व सङ्कलन गरेको थियो । गत आव २०८०–८१ मा २७ करोड २२ लाख ४४ हजार राजस्व सङ्कलन गरेको बताउनुभयो । आलुको आयात वृद्धि भएसँगै राजस्व सङ्कलन पनि अघिल्लो आवको तुलनामा गत आवमा १३ करोड रुपियाँ वृद्धि भएको भन्सार कार्यालयले जनाएको छ । कृषि ज्ञान केन्द्र नेपालगन्जका प्रमुख सकील अहमद खाँले गत केही वर्ष यता बाँके, बर्दिया, दाङ र सल्यानलगायतका जिल्लामा आलु उत्पादन उल्लेखनीय मात्रामा हुँदै आए पनि भारतबाट पनि आयात नघट्नुले माग धेरै रहेको प्रमाणित गरेको बताउनुभयो ।
उहाँले आलु र प्याजमा आत्मनिर्भर बन्न सरकारले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको जनाउँदै अझै पनि ठुलो परिमाणमा आयात हुनुले चिन्ता बढाएको बताउनुभयो । केही वर्ष पहिलेसम्म विभिन्न तरकारीमा भारतकै भर पर्नुपर्ने बाध्यता रहे पनि अहिले आलु बाहेक अन्य अधिकांश तरकारीको आयात भने घट्दै गएको कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ ।
कमेन्ट गर्नुहोस्