लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

नेपालले माल्दिभ्सलाई भलिबलको सोझो सेटमा हरायो

IMG

साउन ५, २०८१ शनिबार,तिलोत्तमा। काभा २० वर्ष मुनीको महिला भलिबल च्याम्पियनसिपमा नेपालले माल्दिभ्सलाई सोझो सेटमा पराजित गरेको छ । लिग चरणको अन्तिम खेलमा नेपालले आयोजक माल्दिभ्सलाई २५–१६, २५–९ र २५–१० को सेटमा पराजित गरेको हो ।


यसअघि नेपाल लगातार दुई खेलमा पराजित भएको थियो । लिग चरणमा नेपाल तेस्रो भएको छ । नेपालले अङ्क तालिकाको दोस्रो स्थानमा रहेको टोलीसँग सेमिफाइनल खेल्नेछ ।पहिलो र दोस्रो स्थानका लागि किर्गिजस्तान र श्रीलंकाबीच आजै खेल हुनेछ । शीर्ष स्थानमा रहने टोलीले अङ्क तालिकाको पुछारको माल्दिभ्ससँग प्रतिस्पर्धा गर्नेछ। फाइनल खेल साउन ८ गते हुनेछ । 

कमेन्ट गर्नुहोस्