
तिलोत्तमा, असार २३ गते २०८१। चितवनको नारायणी नदीकोको पुलबाट हाम फालेर एकजना बेपत्ता भएका छन्। नवलपुरको गैंडाकोटतर्फबाट पुलमा आएका अन्दाजी ५५ बर्षीय पुरुषले पुलको बीच भागबाट हामफालेर बेपत्ता भएको वडा प्रहरी कार्यालय गैंडाकोटले जानकारी दिएको छ। भर्खर हामफालेका पुरुषको खोजी कार्य गर्न प्रहरी परिचालन भैरहेको र बिपदका टोली परिचालन गरिएको प्रहरीले जनाएको छ।
पानीको बहाव हिजोबाट बढेको भएपनि आज अल्लि घटेको छ र धमिलो पनि भएकोले उद्धारकार्यमा कठिन हुनसक्ने प्रहरीको भनाई छ।हामफाल्ने ब्यक्तीले आफ्नो साइकल र टोपी पुलमै राखेर हाम फालेको प्रहरी नायब उपरिक्षक भेषराज रिजालले बताउनुभयो।
कमेन्ट गर्नुहोस्