
तिलोत्तमा सिटी, २०८१,असार १४ गते । तिलोत्तमा नगर खेलकुद विकास समितिको आयोजना तथा समपुर्ण युवा क्लब, सुपौलीको व्यवस्थापनमा भइरहेको तेस्रो तिलोत्तमा मेयर कप वार्डस्तरीय फुटबल प्रतियोगिता अन्तर्गत आजको फाइनल खेल तिलोत्तमा वार्ड-११ र तिलोत्तमा वार्ड-१३ बिच भएको थियो। खेलमा तिलोत्तमा वार्ड-१३ ले तिलोत्तमा वार्ड-११ लाइ शुन्यको विरुद्द एक गोल गरी जित हासिल गर्न सफल भइ तिलोत्तमा वार्ड-१३ ले विजेताको उपाधिसहित नगद ७५,००० रुपैयाँ हात पार्न सफल भयो । साथै उपविजेता तिलोत्तमा वार्ड-११ ले ५०,००० रुपैयाँसहित ट्रफी, मेडल प्राप्त गर्यो भने विधागत तर्फका पुरस्कारहरु पनि वितरण गरिएको तिलोत्तमा नगर खेलकुद विकास समितिका अध्यक्ष लोक पुनले जानकारी दिनुभयो।
समापन कार्यक्रममा स्वास्थ्यको लागि खेलकुद र राष्ट्रको लागि खेलकुद रहेको तिलोत्तमा नगरपालिका नगर प्रमुख रामकृष्ण खाणले बताउनुभयो साथै नगरमा स्रोत साधन कम रहेता पनि खेलकुदको विकासमा अग्रसर रहने जानकारी दिनुभयो। कार्यक्रममा तिलोत्तमा नगर उपप्रमुख जागेश्वर देवि चौधरी, तिलोत्तमा वार्ड नं १४ का वडा अध्यक्ष अश्विन पौडेल,तिलोत्तमा वार्ड नं १३ का वडा अध्यक्ष नारायण ढकाल,तिलोत्तमा वार्ड नं ११ का वडा अध्यक्ष विष्णु बराल,तिलोत्तमा वार्ड नं ८ का वडा अध्यक्ष कृष्ण प्रसाद पौडेल, तिलोत्तमा कार्यपालिका सदस्य राधा शाहि,सामाजिक परिचालक अल्पा घिमिरे लगायतको उपस्थिति रहेको थियो।
कमेन्ट गर्नुहोस्