लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमा मेयर कपको फाइनलमा भोलि तिलोत्तामा ११ र तिलोत्तमा १३ भिडदै

tillotmacitynews - 2024 Jun 27 04:00 PM
IMG

तिलोत्तमा सिटी,२०८१ असार  १३ गते। तिलोत्तमा नगर खेलकुद विकास समितिको आयोजना तथा समपुर्ण युवा क्लब, सुपौलीको व्यवस्थापनमा भइरहेको तेस्रो तिलोत्तमा मेयर कप वार्डस्तरीय फुटबल प्रतियोगिता अन्तर्गत भोलि फाइनल खेलमा तिलोत्तमा वार्ड-११ र तिलोत्तमा वार्ड-१३ बिच हुँदै छ। खेल भोलि शुक्रबार दिउसो ४ः३० बजेदेखि सुपैलि स्थित समपुर्ण क्लवको खेलमैदानमा हुने छ।     


उक्त प्रतियोगितामा तिलोत्तमाका १५ ओटा वडाको सहभागिता रहेको छ जसमा विजेताले उपाधिसहित नगद ७५,००० रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५०,००० रुपैयाँसहित ट्रफी, मेडल प्राप्त गर्नेछ साथै विधागत तर्फका पुरस्कारहरुको व्यवस्था पनि रहेको तिलोत्तमा नगर खेलकुद विकास समितिका अध्यक्ष लोक पुनले जानकारी दिनुभयो।

कमेन्ट गर्नुहोस्