लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

पानी परेपछि किसानलाई राहत, जनजीवनमा शितलता

IMG

तिलोत्तमा, असार १२ गते २०८१। लामो समयपछि पानी परेपछि रुपन्देही आसपासका किसान खुसी भएका छन्।  सुक्दै गएको गर्हा, धानको बिऊ र अन्य बाली पानी नपरेपछि सुक्दै गएको र चिरा परेको बेला मेघ गर्जन सहित पानी परेपछि अहिले किसान खुसी भएका हुन्। किसानामत्र हैन गर्मीले आत्तिएका जनजीबन पनि पानी परेपछि शितलता महसुस गरेका छन्। 


चैते धान खेतमा धाँजा फाटेर चिरा परेको तथा रोपाइँको कार्य जारी रहेकाले सबै भन्दा बढी किसानलाई राहत भएपछि उनीहरू खुसी भएका हुन्। बुधबार बिहानैदेखि झमझम परेको पानीले चैते धान र तरकारी बालीमा राहत महसुस गरिएको तिलोत्तमा नगरपालिका–१४ रेहराका किसान पन्निलाल केवटले बताउनुभयो। जेठ, असार, साउन, भदौ महिनामा राम्ररी पानी नपर्दा हालका दिनसम्म सबै भन्दाबढी किसान मारमा परेका छन्।अहिले देशका विभिन्न ठाउँमा मेघगर्जन र चट्याङ्गसहित पानी परिरहेको छ।मनसुनी वायुको आंशिक प्रभावका कारण आज देशका धेरै ठाउँमा दिनभर नै पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


दैनिक बढ्दै गएको गर्मी र चुरे क्षेत्र व्यवस्थित नहुँदा विगत एक डेढ महिनादेखि पानीको सतह कम भएपछि तिलोत्तमा -१४ का अधिकांश ठाउँमा पानीको हाहाकार भएको छ, नगरको उत्तरी क्षेत्रबाट आउने नदीहरू सुकेको, पोखरी र तलाउ सुकेपछि चापाकलबाट पानी आउन बन्द भएको तिलोत्तमा नगरपालिका–१४ टिकुलिगढका सागर भण्डारीले बताउनुभयो।गर्मीको कारण चैत, वैशाख महिनामा बतास चल्न थालेपछि खेतबारीमा रहेको बाली सुक्न थालेपछि हामीलाई दैनिक कुनै रोग लागेको भनेर किसानबाट गुनासो आउने गरेको कृषि शाखा तिलोत्तमा नगरपालिकाका प्रमुख दोमलाल भुसालले बताउनुभयो।


कृषकहरूले आफैले विद्युतीय मोटरबाट सिँचाइ गरी हर्दिनाथ–१, चैते–१, चैते–२, चैते–४ जातको चैतेधान र असारमा रोप्ने धानको ब्याड तयार भएको र केहि ठाउमा रोपिसकिएको उहाँको भनाई छ। कृषि खेतीयोग्य जमिनमा धान रोपाई हुने र यहि असार १५ गते धान दिवस तिलोत्तमा-१२ मक्रहरमा मनाइने कृषि प्रमुख भुसालले बताउनुभयो।   

कमेन्ट गर्नुहोस्