लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सहकारी प्रकरणमा सडक प्रदर्शन गर्ने कांग्रेसको निर्णय

tillotmacitynews - 2024 May 22 08:49 PM
IMG

तिलोत्तमा सिटी, २०८१ जेठ ९ गते । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिनको दबाब दिँदै सडकमा जाने निर्णय गरेको छ ।


सानेपामा जारी केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले पहिलो चरणमा शुक्रबार काठमाडौं केन्द्रित प्रदर्शन गर्ने निर्णय गरेको छ । जसअनुसार नेविसंघ, तरुण दल, महिला संघलगायतका भ्रातृ तथा भगिनी संगठनलाई प्रदर्शनमा सहभागी गराउने निर्णय गरेको छ । केन्द्रीय सदस्य डा. डिला संग्रौलाले सदनमा संसदीय छानबिन समिति गठनको मागलाई उठाउदै पहिलो चरणमा शुक्रबार काठमाडौँ केन्द्रित प्रदर्शन गरेको जानकारी दिएकी छन् ।



कमेन्ट गर्नुहोस्