
तिलोत्तमा,२०८१ जेष्ठ ७ गते। उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले ‘अब देश तपाइँहरुको गनगनले मात्र देश नचल्दैन’ भन्ने चेतावनी दिँदै झुटा मुद्दा र मिडिया ट्रायलले आफू नडराउने बताएका छन् । लोकतान्त्रिक भन्ने दलले अर्को पार्टीको सांसदलाई बोल्न दिने निर्णय गरेको भन्दै कांग्रेसले कस्तो लोकतन्त्रको अभ्यास गरिरहेको भन्दै उनले कांग्रेसलाई प्रश्न गरेका छन् ।
उनले आफूलाई गरेको प्रधानमन्त्रीको अफर अझै छ की छैन भन्दै कांग्रेस सभापति शेरबहादुर देउवासँग जवाफ मागेका छन् । यसैगरी लामिछानेले आफूले कुनै पनि सहकारीबाट ऋण नलिएको स्पष्टिकरण दिएका छन् ।प्रतिनिधि सभाको बैठकमा स्पष्टीकरण दिँदै आफू गोर्खा मिडियाले सहकारीबाट ऋण लिने प्रक्रियामा सहभागी नभएको बताए । आफूले अहिले गोरखा मिडिया छोडिसकेको र कम्पनि छोडीसकेपछि कम्पनीको कुनै दायित्व बेहोर्नुपर्ने भए आफू सो दायित्व बेहोर्न तयार रहेको बताए ।
उनले जीबी राईले गरेका सबै फोहोर आफूले सफा गर्नुपर्छ भन्ने नरहेको संसदमा बताएका छन् । पोखराको सुर्यदर्शन सहकारीबाट आफूले ऋण लिएको कुनै कागज नभएको भन्दै सुनियोजित रुपमा आफ्नो नाम प्रयोग गरिएको आरोप लगाए ।उनले फौजदारी कसूर लाग्ने सहकारी ठगी प्रकरणमा संसदीय समिति छानबिन गर्न नमिल्ने जिकिर गर्दै आफू यो विष पीउन तयार रहेको बताए ।
कमेन्ट गर्नुहोस्