लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

कांग्रेसले अवरोध गरेपछि संसद् बैठक स्थगित

tillotmacitynews - 2024 May 20 12:08 PM
IMG

तिलोत्तमा सिटी, २०८१ जेठ ७ //  प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरुद्ध पारेको छ । सोमबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिने कार्यसूची रहेको भए पनि कांग्रेसले संसद् बैठक अवरुद्ध गरेको हो ।


प्रतिनिधिसभा सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीको विश्वासको मत लिने काममा अवरुद्ध नगर्न आग्रह गर्नुभयो । तर कांग्रेस सांसदहरुले बैठक अवरुद्ध पारे । कांग्रेसले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन नगरेसम्म संसद् बैठक सुचारु हुन नदिने अडान लिएको छ । आजको बैठकमा सभामुखले सरकारी कार्यसूचीमा प्रवेश गर्न लागेसँगै कांग्रेस सांसदहरुले बेल घेराउ गर्न पुगेका हुन् ।

कमेन्ट गर्नुहोस्