लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

रिडीमा बस दुर्घटना, १३ जना घाइते

tillotmacitynews - 2024 May 16 08:35 PM
IMG

तिलोत्तमा सिटी, २०८१ जेठ ३ गते । पोखराबाट गुल्मीको तम्घास आउँदै गरेको बस विहिबार दिउँसो रिडीमा दुर्घटना भएको छ । रुरु गाउँपालिका–१ मकवादीमा लु १ ख ८१७५ नम्बरको बस दुर्घटना हुँदा १३ जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।


घाइते मध्ये २ जनाको अवस्था गम्भीर रहेको छ भने उपचारका लागि स्थानीय स्वास्थ्य केन्द्रमा लगिएको छ । बसमा १३ जना सवार रहेको प्रहरीले जनाएको छ । बस सडकदेखि करिब ५० मिटर तल खसेको थियो । घटना बारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्