लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

अपाङ्गता भएका व्यक्तिहरूको भृकुटीमण्डप क्षेत्रमा प्रदर्शन

tillotmacitynews - 2024 May 15 11:45 AM
IMG

तिलोत्तमा सिटी,२०८१ जेठ २ गते // सरकारले गरेका सहमतिहरूको पालना नभएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूले राजधानीको भृकुटीमण्डप  नजिकै मुख्य सडकमा प्रदर्शन गरिरहेका छन् । करिब दुई घण्टादेखि जारी प्रदर्शनले भृकुटीमण्डप आसपासको सडक अस्तव्यस्त बनेको छ । 


अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी नियमावली २०७७ को नियम ९ मा सामुदायिक सहायता सेवाको व्यवस्था छ । सामुदायिक सहायता सेवा २०८१ वैशाख १ गतेबाट सुरुवात गर्ने सरकारसँग सहमति भएको थियो । कार्यक्रम र मापदण्डको मस्यौदा प्रतिवेदन दुई हप्ताभित्र तयार गरी पेस गरी कार्यान्वयनमा लैजाने सहमति भए पनि अहिलेसम्म कार्यान्वयन नभएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूले प्रदर्शन गरेका हुन् । 

कमेन्ट गर्नुहोस्