लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

प्रधानमन्त्री र सभामुखको ४५ मिनेट छलफल

IMG

तिलोत्तमा, जेठ २ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सभामुख देवराज घिमिरेबिच बालुवाटारमा ४५ मिनेट छलफल भएको छ । बैठक संसद् अवरोधकै विषयमा केन्द्रित रहेर छलफल भएको सभामुखको सचिवालयले जनाएको छ ।सभामुखले सांसदबाट विधेयकहरू पारित हुन नसकि रहेकाे बेला भइरहेको निरन्तरको अवरोधले जनस्तरमा वितृष्णा फैलिएको बताउनुभयो । संसद् सुचारु भए केही विधेयक तत्कालै पारित गर्न सकिने अवस्थामा रहेको, केही विधेयकलाई समितिमा पठाउन सकिने जानकारी दिनुभयो । 


उहाँले राष्ट्रपतिलाई धन्यवाद प्रस्तावसमेत पारित नभएको सन्दर्भमा प्रतिपक्षीसँग तत्कालै सहमति गर्न अपिल गर्नुभयो । प्रधानमन्त्रीले आज सत्तापक्षका नेताहरूको बैठक बस्ने तयारी भएको जानकारी दिँदै भोलि बस्ने बैठक खुलाउने गरी निर्णयमा पुग्ने बताउनुभयो ।

कमेन्ट गर्नुहोस्