लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

नेपाल इङ्ल्यान्ड ‘सी’ सँग पराजित

tillotmacitynews - 2024 May 07 12:06 PM
IMG

तिलोत्तमा सिटी,२०८० वैशाख २५ गते । बेलायत भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोली दोस्रो मैत्रीपूर्ण खेलमा इङ्ल्यान्ड ‘सी’ सँग पराजित भएको छ ।


अल्सडरसट टाउन फुटबल क्लबको घरेलु मैदान इबिबी रङ्गशालामा सोमबार राति भएको खेलमा नेपाल इङ्ल्यान्ड ‘सी’ सँग २-० गोलले पराजित भएको हो । इङ्ल्यान्ड ‘सी’ लाई जिताउन निक काबाम्बा र क्यालम स्टेडले गोल गर्नुभयो । निकले आठौँ र क्यालमले १३औँ मिेटमा गोल गर्नुभएको थियो । दोस्रो हाफमा सुधारिएको प्रदर्शन गरे पनि नेपालले गोल फर्काउन सकेन ।


यसअघि शुक्रबार भएको पहिलो खेलमा नेपाल ब्रिटिस आर्मीसँग गोलरहित बराबरीमा रोकिएको थियो । नेपालले सन् २०२६ को फिफा विश्वकप र एएफसी एसिया कपको संयुक्त छनोटअन्तर्गत दोस्रो चरणका बाँकी खेलको तयारीका लागि मैत्रीपूर्ण फुटबल खेलेको हो । विश्वकप छनोट अन्तर्गत नेपालले जेठ २४ गते दशरथ रङ्गशालामा संयुक्त अरब इमिरेट्ससँग प्रतिस्पर्धा गर्दैछ । नेपाल विश्वकप छनोटबाट भने यसअघि नै बाहिरिइसकेको छ । 

कमेन्ट गर्नुहोस्