लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

बाउन्नकोटी कपको उपाधि सियारी १ लाई

tillotmacitynews - 2024 May 03 09:49 PM
IMG

तिलोत्तमा सिटी, २०८१ वैशाख २१  गते । श्री बाउन्नकोटी सामुदायिक वन उपभोक्ता समूह,चिमटिप रुपन्देहीको आयोजनामा प्रथम बाउन्नकोटी कप वार्डस्तरीय नकआउट फुटबल प्रतियोगिता तिलोत्तमा वार्ड नं १४ मा सञ्चालन भइरहेको छ । समपुर्ण युवा क्लब, सुपौलीसँगको संयोजनमा भइरहेको प्रतियोगिता आयोजक कै खेलमैदानमा भइरहेको छ । आजको फाइनल खेल तिलोत्तमा–१४ र सियारी १ बीच भएको थियो जसमा तिलोत्तमा नगरपालिका वार्ड नम्बर १४ लाइ  सियारी १ ले शुन्य को विरुद्ध १ गोल गरी प्रथम बाउन्नकोटी कपको उपाधि जित्न सियारी १ सफल भई नगद ५० हजार,ट्रफि,मेडल र प्रमाणपत्र हात पार्यो। खेलको उपविजेता हुन सफल तिलोत्तमा–१४ ले  ३० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्न सफल भएको साथै व्यक्तिगत विधातर्फ पनि पुरस्कार प्रदान गरिएको खेल संयोजक झविलाल थापाले जानकारी दिए । 


समापन समारोहमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि नेपाल मुद्रण उधोग महासंघका केन्द्रिय अध्यक्ष विष्णु तिवारी ले खेल मानव जिवनको अभिन्न अङग रहेको, खेलले युवालाइ कुलतबाट टाढा राख्ने र स्वास्थयको लागि पनि राम्रो रहेको बताए । प्रतियोगितामा तिलोत्तमा नगरपालिकाका ४ टिम, ओमसतिया गाउँपालिका र सियारी गाउँपालिकाका गरी ७ वार्ड मध्ये कुल ६ वार्डका टोलीहरु सहभागि भएको, खेल शान्त वातावरणमा समपन्न रहेको साथै खेल सञ्चालनमा सहयोग गर्ने सम्पुर्ण प्रति आभारी रहेको खेलका अध्यक्ष लिल बहादुर क्षेत्रीले बताए । 




कमेन्ट गर्नुहोस्