
तिलोत्तमा सिटी, २०८१ वैशाख १९ गते । श्री बाउन्नकोटी सामुदायिक वन उपभोक्ता समूह,चिमटिप रुपन्देहीको आयोजनामा प्रथम बाउन्नकोटी कप वार्डस्तरीय नकआउट फुटबल प्रतियोगिता बैशाख १६ गते देखि चलिरहेको छ । समपुर्ण युवा क्लब, सुपौलीसँगको संयोजनमा भइरहेको प्रतियोगिता आयोजक कै खेलमैदानमा भइरहेको छ । आजको दोस्रो सेमिफाइनल खेल तिलोत्तमा–१४ र तिलोत्तमा–१५ बीच भएको थियो जसमा तिलोत्तमा नगरपालिका वार्ड नम्बर १५ लाइ तिलोत्तमा नगरपालिका वार्ड नम्बर १४ ले शुन्य को विरुद्ध २ गोल गरी तिलोत्तमा नगरपालिका वार्ड नम्बर १४ विजयी भएको खेल संयोजक झविलाल थापाले जानकारी दिए ।
प्रतियोगितामा तिलोत्तमा नगरपालिकाका ४ टिम, ओमसतिया गाउँपालिका र सियारी गाउँपालिकाका गरी ७ वार्ड मध्ये कुल ६ वार्डका टोलीहरु सहभागि हुने पनि संयोजक थापाले जानकारी दिए । प्रतियोगिताको फाइनल खेल भने बैशाख २१ गतेका दिन हुनेछ । प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले ३० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक समितिका अध्यक्ष लिल बहादुर क्षेत्रीले बताए । त्यस्तै व्यक्तिगत विधातर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको अध्यक्ष क्षेत्रीले जानकारी दिए ।
कमेन्ट गर्नुहोस्