लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तारेभीरमा ‘रक क्लाइम्बिङ’ परीक्षण

tillotmacitynews - 2024 May 01 08:41 PM
IMG

तिलोत्तमा सिटी, २०८१ वैशाख १९  गते । मनाङ चामे गाउँपालिका–५ रहेको अग्लो तारेभीरमा साहसिक खेल रक क्लाइम्बिङको परीक्षण गरिएको छ । गाउँपालिकालाई पर्यटनमार्फत समृद्ध बनाउन यस्तो साहसिक खेलले मद्दत पुग्ने भएकाले सहमतिपत्र दिइएको गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेले जानकारी दिनुभयो । 


उहाँले वडा ५ को तारेभीरमा रक क्लाइम्बिङ परीक्षणको सहमति मागेकाले अनुमति दिइएको बताउनुभयो । यस्ता साहसिक खेलले पर्यटक आगमनमा वृद्धि हुने तथा मनाङको पनि प्रचार–प्रसार हुन्छ उहाँले भन्नुभयो ।  पर्यटन बोर्ड गण्डकी प्रदेशबाट अनुमति लिएर दुई फ्रान्सेली नागरिकसहित दुई नेपाली यतिबेला तारेभीरमा बोल्टिङ ठोक्ने डोरी टाँग्ने काम गरिरहेको वडा ५ का वडासचिव धीरेन्द्रकिशोर क्षेत्रीले बताउनुभयो । 


उहाँले भन्नुभयो, ‘हाम्रो वडा ५ र पालिकाबाट सहमति लिएर पाँच दिनदेखि काम भइरहेको छ । अब दुई दिन जतिमा सकिन्छ ।’ 

कमेन्ट गर्नुहोस्