लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

लायन्स बुटवल शान्तिदिपको अध्यक्षमा पन्थी निर्विरोध,जिल्लाकै उत्कृष्ट क्लब बनाउँने प्रतिबद्धता

IMG

तिलोत्तमा,२०८१ बैशाख १६ गते।लायन्स क्लब अफ बुटवल शान्तीदिपले नयाँ कार्यसमिति चयन गरेको छ । बुटवल शंकरनगरस्थित डाली रेष्टुरेण्टको सभाहलमा क्लबले चौथो अधिवेशन मार्फत लायन वर्ष २०२४र२०२५ का लागि विशाल पन्थीको नेतृत्वमा नयाँ कार्य समिति चयन गरेको हो । पंन्थीको नेतृत्वमा रहेको कार्यसमितिमा प्रथम उपाध्यक्ष रामहरी भुसाल,द्धितिय उपाध्यक्ष खिमानन्द आचार्य,तृतीय उपाध्यक्ष प्रकाश अधिकारी,सचिव नारायण खनाल र कोषाध्यक्ष सतिस आचार्य रहेका छन्।


त्यस्तै सहसचिव जालन्धर भुसाल ,सह कोषाध्यक्ष बिष्णु भुसाल र डाईरेक्टरहरुमा पुनाराम पन्थी,दिपक विक, ऋषि भट्टराई,नारायण पाण्डे,रेशम बन्जाडे लगायतको टिम निर्वाचित भएको हो ।क्लबका पूर्वअध्यक्ष एंव अधिवक्ता चेतन भण्डारीले निर्वाचन आयुक्तको भुमिका निर्वाह गरेका थिए भने सँस्थाका सस्थांपक अध्यक्ष बाबुराम खनालले लायन्स अन्तर्राष्ट्रियले गर्नुपर्ने काम कारवाहीबारे जानकारी दिँदै विविध विषयमा प्रशिक्षण समेत दिएका थिए । 


कार्यक्रममा मन्तव्य राख्दै क्लबका वर्तमान अध्यक्ष महेश पन्थीले नव निर्वाचित पदाधिकारीलाई बधाई तथा शुभकामना दिदैँ क्लबलाई अझ उत्कृष्ट बनाउन आग्रह गरे । नयाँ नेतृत्वले हिजो शान्ती दिपले गरेका कामको अनुशरण गर्दै अझै नयाँ र परिस्कृत भएर अगाडी बढ्नु पर्छ ।सबैको साथ सहयोग र एकताबाट अगाडी बढौं  उनले भने कमी कमजोरीलाई सच्चाएर क्लबलाई नयाँ शिराबाट अगाडी बढाउँनुस् । मेरो साथ सहयोग र समर्थन हिजो जे थियो भोलीका दिनमा पनि त्यसरी नै रहनेछ् । उनले आफ्नो कार्यकाल भर साथ सहयोग गर्ने सम्पूर्ण टिमलाई धन्यवाद व्यक्त गरे । 


लायन्स क्लबले पछिल्लो समय अवलम्बन गरेको यस र नो भोट अन्तर्गत ५१ प्रतिशत यस भोट ल्याउने मात्र पदाधिकारी छनोट हुने बिधि अपनाएर नयाँ कार्यसमिति चयन गरेको प्रमुख निर्वाचन आयुक्त चेत नारायण भण्डारीले जानकारी दिए ।  उनका अनुसार सबै पदाधिकारीले सय प्रतिशत यस भोट प्राप्त गरेका थिए ।नवनिर्वाचित अध्यक्ष पन्थीले क्लबलाई अगामी दिनमा अझै मर्यादित बनाउँदै टिमसँग समन्वय गरेर प्रतिफल आउने गरि काम गर्ने बताए ।  हिजोका कमि कमजोरीबाट पाठ सिक्दै अगाडी बढ्नुपर्छ । सबै कुरा टिम ओर्क हो । क्लबलाई अझै व्यवस्थीत र मर्यादित बनाउँनुपर्छ । तेतीमात्र होइन यो बर्ष शान्तीदिपलाई जिल्लाकै उत्कृष्ट क्लब बनाउने मेरो प्रयास रहन्छ अध्यक्ष पंन्थीले भने।स्थापनाको ४ बर्षे अवधिमा क्लबले  बिभिन्न सामाजिक कार्यहरु अन्तर्गत रक्तदान,अनाथालयहरुलाइ खाधान्न तथा लत्ता कपडा हस्तान्तरण लगायतका कार्यहरु गरिरहेको छ ।


कमेन्ट गर्नुहोस्