लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

प्रथम बाउन्नकोटी कपः उद्घाटन खेलमा तिलोत्तमा वार्ड नं १३ विजयी

tillotmacitynews - 2024 Apr 28 10:16 PM
IMG

तिलोत्तमा सिटी, २०८१ वैशाख १६ गते । श्री बाउन्नकोटी सामुदायिक वन उपभोक्ता समूह,चिमटिप रुपन्देहीको आयोजनामा प्रथम बाउन्नकोटी कप वार्डस्तरीय नकआउट फुटबल प्रतियोगिता बैशाख १६ गते (आज) देखि सुरु भएको छ । समपुर्ण युवा क्लब, सुपौलीसँगको संयोजनमा भइरहेको प्रतियोगिता आयोजक कै खेलमैदानमा भइरहेको छ । आजको उद्घाटन खेल  तिलोत्तमा नगरपालिका वार्ड नम्बर १३ र ओमसतिया गाउँपालिका वार्ड नम्बर १ बीच भएको थियो जसमा पुरा समयमा ओमसतिया गाउँपालिका वार्ड नम्बर १ लेे दुइ गोल गरी र पुनहः ओमसतियाले एक आत्मघाति गोल गरेकाले खेेल बराबरी भयो।  पेनाल्टि सुटआउटमा ओमसतियाले २ गोल र तिलोत्तमा १३ ले ४ गोल गरी तिलोत्तमा नगरपालिका वार्ड नम्बर १३ ले जित हासिल गर्न सफल भयो। साथै भोलि हुने दोस्रो क्ववाटरफाइनल खेल तिलोत्तमा नगरपालिका वार्ड नम्बर १५ र तिलोत्तमा नगरपालिका वार्ड नम्बर १६ बिच हुने खेल संयोजक झविलाल थापाले जानकारी दिए।  


खेलको उद्घाटन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि फुटवल संघका केन्द्रिय उपाध्यक्ष दिर्घ बहादुर के सि ले खेल स्वास्थयको लागि अत्यन्तै महत्वपुर्ण रहेको र यस्तो सराहनिय कार्य गरेकोमा आयोजक बाउन्नकोटी सामुदायिक वन प्रति आभार पनि व्यक्त गरेका थिए ।  


प्रतियोगितामा तिलोत्तमा नगरपालिकाका ४ टिम, ओमसतिया गाउँपालिका र सियारी गाउँपालिकाका गरी ७ वार्ड मध्ये कुल ६ वार्डका टोलीहरु सहभागि हुने पनि संयोजक थापाले जानकारी दिए । प्रतियोगिताको फाइनल खेल भने बैशाख २१ गतेका दिन हुनेछ । प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले ३० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक समितिका अध्यक्ष लिल बहादुर क्षेत्रीले बताए । त्यस्तै व्यक्तिगत विधातर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको अध्यक्ष क्षेत्रीले जानकारी दिए । सो अवसरमा आयोजक समितिका पदाधिकारीहरु, तिलोत्तमा नगरपालिका वार्ड नम्बर १४ का अध्यक्ष आश्विन पौडेल,तिलोत्तमा नगरपालिका वार्ड नम्बर १३ का अध्यक्ष नारायण ढकाल, फुटबल संघ रुपन्देहिका अध्यक्ष लोक पुन, रुपन्देही जिल्ला खेलकुद विकास समितिका सदस्य अर्जुन क्षेत्री (हापु), समपुर्ण युवा क्लबका अध्यक्ष अबिर पुन, पूर्व खेलाडी तथा युवा फुटबल अभियनता अशोक पुन, गोविन्द थापा लगायतको पनि उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्