लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सामुदायिक बनको आयोजनामा हुने प्रथम बाउन्नकोटी कप शुरु

IMG

तिलोत्तमा,२०८१ बैशाख १५ गते।श्री बाउन्नकोटी सामुदायिक वन उपभोक्ता समूह,चिमटिप रुपन्देहीको आयोजनामा यही बैशाख १६ गते आइतबारदेखि प्रथम बाउन्नकोटी कप वार्डस्तरीय नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।समपुर्ण युवा क्लब, सुपौलीसँगको संयोजनमा हुन गईरहेको प्रतियोगिता आयोजक कै खेलमैदानमा हुनेछ । कोरोना अगाडी महिला फुटबल प्रतियोगिता गराउदै आएको सो प्रतियोगिता परिमार्जन गर्दै प्रथम बाउन्नकोटी कपको नाम बाट शुरु गर्न थालिएको आयोजकको भनाई छ। साथै प्रतियोगिताको सम्पूर्ण तयारी पनि पूरा भएको शनिबार पत्रकार सम्मेलनको आयोजना गरि आयोजकले जानकारी दियो ।


त्यस्तै प्रतियोगिताको खेलतालिका पनि सार्वजनिक गरिएको छ । उद्घाटन खेलमा बैशाख १६ गतेका दिन तिलोत्तमा नगरपालिका वार्ड नम्बर १३ र ओमसतिया गाउँपालिका वार्ड नम्बर १ बीच उद्घाटन खेल हुने खेल संयोजक झविलाल थापाले जानकारी दिए ।प्रतियोगितामा तिलोत्तमा नगरपालिकाका ४ टिम, ओमसतिया गाउँपालिका र सियारी गाउँपालिकाका गरी ७ वार्ड मध्ये कुल ६ वार्डका टोलीहरु सहभागि हुने पनि संयोजक थापाले जानकारी दिए । प्रतियोगिताको फाइनल खेल भने बैशाख २१ गतेका दिन हुनेछ ।


प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले ३० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक समितिका अध्यक्ष लिल बहादुर क्षेत्रीले बताए । त्यस्तै व्यक्तिगत विधातर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको अध्यक्ष क्षेत्रीले जानकारी दिए ।सो अवसरमा आयोजक समितिका वरिष्ठ उपाध्यक्ष लक्ष्मण भट्टराई, उपाध्यक्ष धनराज शर्मा, महासचिव दिनेश अर्याल, सचिव शशिकला गुरुङ्ग, कोषाध्यक्ष दुर्गी कुमारी राना, रुपन्देही जिल्ला खेलकुद विकास समितिका सदस्य अर्जुन क्षेत्री (हापु), समपुर्ण युवा क्लबका अध्यक्ष अबिर पुन, पूर्व खेलाडी तथा युवा फुटबल अभियनता अशोक पुन, गोविन्द थापा लगायतको पनि उपस्थिति रहेको थियो ।


कमेन्ट गर्नुहोस्