लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

बुटवलबाट बेलहिया जाँदै गरेको बस दुर्घटना

IMG

तिलोत्तमा सिटी,२०८० वैशाख १३ गते । बुटवलबाट बेलहिया तर्फ जाँदै गरेको यात्रुबाहक बस दुर्घटना भएको छ । दुर्घटनामा परी ९ जना घाईते भएका छन्।बुटवलबाट बेलहियाका लागि छुटेको ना २ ख १४१५ नं को यात्रुबाहक बस सिद्धार्थनगर नगरपालिका वडा  नं १ बाईपासमा सडकमै अनियन्त्रीत भई आफै पल्टिएको प्रहरीले जनाएको छ ।  दुर्घटनामा परि घाईते भएकाहरुको भैरहवा स्थीत भिम अस्पतालमा उपचार भैरहेको प्रहरीले बताएको छ। 


दुर्घटनामा रुपन्देही तिलोत्तमा नगरपालिका वडा नं ६ नयामिल बस्ने बर्ष ४४ को चोक बहादुर राना सोही ठाउकै ४१ बर्षकी तारादेवी थापा, सैनामैना नगरपालिका वडा नं २ सरौली बस्ने बर्ष ५८ को अमर बहादुर बिक देवदह नगरपालिका वडा नं ४ केरवानि बस्ने बर्ष ५ की पुजा चौधरी  तिलोत्तमा नगरपालिका वडा नं २ योगिकुटी बस्ने बर्ष २३ की सुजता पाण्डे योगीकुटी कै बर्ष ४५ को बिष्णु प्रसाद भुषाल घाईते छन्। त्यसैगरी  तिलोत्तमा नगरपालिका नयामिल बस्ने बर्ष ५० की चन्द्रकला भट्टराई  सिद्धार्थनगर नगरपालिका वडा नं  १ वाईपास बस्ने बर्ष ४७ को कुमारनाथ योगि र  सैनामैना नगरपालिका वडा नं ७ बस्ने बर्ष ३५ को बर्जंगे सिंह सैतवार घाईते भएको प्रहरीले जनाएको छ।


घाईतेहरु सबैको अवस्था सामान्य रहेको र  बस चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ। 

कमेन्ट गर्नुहोस्