
तिलोत्तमा,२०८१ बैशाख ७ गते।राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले आफ्नो जीवन कथामा आधारित पुस्तक सक्किएको जानकारी दिएका छन् । शुक्रवार सामाजिक सञ्जालमा जानकारी सार्वजनिक गर्दै उनले यसबारे थाहा दिएका हुन् । पुनका अनुसार ‘महावीर पुन- सम्झना, सपना र अविरल यात्रा’ नाममा सो पुस्तक अब केहि दिनको छपाई र एसेम्बलिंग पछि मात्र उपलब्ध हुनेछ । यसअघि अनलाइनमार्फत प्रि-अर्डर गर्ने व्यक्तिहरूलाई क्यु आर मार्फत अर्डर गरे पुस्तक उपलब्ध गराउने पुनको भनाइ छ । सो पुस्तकको प्रकाशक राष्ट्रिय आविष्कार केन्द्र रहेको छ ।३०८ पेज रहेकाे उक्त पुस्तकको मूल्य ७५० रुपैयाँ राखिएको छ ।
कमेन्ट गर्नुहोस्