लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमा भलवारिको आयल निगम अब रोहिणी र ओमसतिया खोला किनारमा सर्दै

IMG

तिलोत्तमा,२०८१ बैशाख ५ गते। नेपाल आयल निगमले भैरहवा–परासी सडक खण्डमा पर्ने रुपन्देहीको रोहिणी खोला किनारमा पेट्रोलियम भण्डारण गृहको निर्माण प्रक्रिया शुरु गरेको छ । रुपन्देहीको तिलोत्तमा–७ भलबारीमा रहेको प्रादेशिक डिपोको भण्डारण क्षमता कम भएको तथा बस्ती नजिक रहेकाले नयाँ स्थानमा भण्डारण गृह बनाउन थालेको निगमले जनाएको छ ।


नयाँ भण्डारण गृहको १४ बिघा क्षेत्रफलमध्ये ७० प्रतिशत ओमसतिया र ३० प्रतिशत जग्गा रोहिणी गाउँपालिकामा पर्छ। भण्डारण गृह निर्माण परियोजनाका संयोजक प्रदीप यादवले विगतमा जग्गा सम्बन्धी केही विवाद देखिएकोमा संसदीय समिति र अख्तियारबाट विवाद समाधान भई बजेट पनि पारित भएर टेण्डर प्रक्रियामा गएको बताउनुभयो ।३ अर्ब रुपैयाँ लागत अनुमान गरिएको भण्डारण गृहले लुम्बिनी प्रदेशको २० दिनको माग धान्ने यादवले बताउनुभयो । २०८३ सालभित्र निर्माण सम्पन्न गर्ने निगमको लक्ष्य छ । 

कमेन्ट गर्नुहोस्