
तिलोत्तमा,२०८१ बैशाख २ गते।कालिका युवा क्लवको शान स्थानिय खेलाडिको पहिचान भन्ने मुल उद्देश्यका साथ स्याङ्जा अर्जुनचौपारी गाउँपालिका वडा नम्बर ४ स्थित कालिका युवा क्लव रापाकोटले हरेक वर्ष जस्तै यस बर्ष पनि चैतेदशै मेलाको अवसरमा वडा स्तरीय पुरुष भलिबल प्रतियोगिताको आयोजना गरिएको क्लबका अध्यक्ष मकन गुरुङले बताए । प्रतियोगितामा स्थानिय क्लवका युवा खेलाडिहरुको पुर्ण रुपमा सहभागिता रहने जानकारी दिए ।
धार्मिक पर्यटकिय आस्थाका रुपमा परिचित रापाकोट कालिका मन्दिर प्राङ्गणमा चैत्र ४ गते देखि ८ सम्म सन्चालन हुने पुरुष भलिबल प्रतियोगितामा पर्वत बागलुङ स्याङ्जा लगायतका जिल्ला बाट करिब २५ वटा क्लबको सहभागिता रहने र स्थानिय खेलाडिहरुलाई विशेष ग्राहयता दिइने भएकोले प्रदेश र राष्ट्रीय टिमका खेलाडिलाई समाबेश नगरिने बताईएको छ। प्रतियोगितामा क्रमश प्रथम हुने टिमले नगद रु- ८१ हजार शिल्ड ट्र्फि प्रमाण पत्र,द्वितीय हुनेले रु-५१ हजार ,तृतिय हुनेले रु-३१ हजार र सान्त्वना हुने टिमले रु-११ हजार नगद प्राप्त गर्नेछन ।कार्यक्रममा बिबिध साँस्कृतिक प्रस्तुतीहरु रहने अध्यक्ष गुरुङले बताए।
कमेन्ट गर्नुहोस्