लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

आज इद उल फित्र :हर्षोल्लास पुर्ण तरिकाले मनाउँदै

IMG

तिलोत्तमा,२०८० चैत्र २९ गते।इस्लाम धर्मावलम्वीले रमजान महिनाको ३० दिनको ‘रोजा’ व्रत हिजो पूरा गरेपछि  ‘इद उल फित्र’ आज विहिबार मनाउँदै छन् । सो अवसरमा सरकारले आज सार्बजनिक बिदा दिइएको छ ।गृह मन्त्रालयले बुधवार एक सूचना जारी गर्दै विहिबार सार्बजनिक बिदा दिने निर्णय गरेको जानकारी दिएको थियो ।


इदको दिनमा नमाज पूरा गरेपछि एक अर्कालाई अङ्कमाल गरेर बधाई साटासाट गर्छन भने घरमा विभित्र परिकार पकाएर खाने गर्दछन् । रमजान महिना उर्दू पात्रोको अनुसार नवौँ महिना हो ।यो पर्वको ७० औँ दिनमा बकरिद अर्थात ‘इद उल अजहा’ पर्व मनाउने गर्दछन् । यस अवसरमा मुस्लिमहरु  ‘हज’ का लागि साउदी अरबको मक्का मदिना प्रस्थान गर्ने चलन छ ।

कमेन्ट गर्नुहोस्