लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

इदको अवसरमा बिहीबार सार्वजनिक बिदा

tillotmacitynews - 2024 Apr 10 01:36 PM
IMG

तिलोत्तमा सिटी, २०८० चैत २८ गते । नेपाल सरकारले इस्लाम धर्मावलम्बीहरुको पर्व ईद–उल फित्र (इद) को अवसरमा बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । 


गृह मन्त्रालयका सहसचिव रुद्रप्रसाद पण्डितले आज एक विज्ञप्ति सार्वजनिक गर्नुहुँदै नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार भोलि सार्वजनिक बिदा दिने निर्णय भएको बताउनुभएको छ ।  उहाँद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “चैत २९ गते बिहीबार सार्वजनिक बिदा दिने निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।”

कमेन्ट गर्नुहोस्