लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

जोखबहादुर महराले सम्हाले कार्यभार

tillotmacitynews - 2024 Apr 08 04:06 PM
IMG

तिलोत्तमा सिटी,२०८० चैत्र २६ गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले भ्रष्ट्राचारविरुद्धको रणनीति तथा कार्य योजना निर्माण गर्न कार्यदल गठन गर्नुभएको छ । आइतबार साँझ  शपथ ग्रहणपश्चात् पदभार ग्रहण गर्दै मुख्यमन्त्री महराले भ्रष्ट्राचारविरुद्धको रणनीति तथा कार्य योजना ६० दिनभित्र तयार गरी कार्यान्वयन गर्न कार्यदल गठन गर्नुभएको हो । 


मुख्यमन्त्री कार्यालयका सचिव निराजन घिमिरेको संयोजकत्वमा भ्रष्ट्राचार निवारण र सुशासनको क्षेत्रमा काम गर्ने संस्थाका प्रतिनिधि एवं विज्ञ सदस्य रहेको कार्यदल गठन गरिएको छ । यो कार्यदलले दुई महिनाभित्र कार्य योजनासहित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्य योजना पेस गर्नेछ । यस्तै, पदभार ग्रहण गर्दै मुख्यमन्त्री महराले प्रदेशको समग्र विकासका लागि सबैसँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।


उत्पादनसँग जोड्दै बेरोजगारी समस्या समाधान गर्ने, शिक्षा, स्वास्थ्यजस्ता आधारभूत आवश्यकतामा नागरिकको सहज पहुँच बढाउने जिम्मेवारी सरकारले लिने बताउनुभयो । सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न प्रदेश तहबाट प्रभावकारी काम गर्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो । अन्य मन्त्रीहरूको जिम्मेवारी पनि छिट्टै तोकिने जानकारी दिँदै कर्मचारी प्रशासनलाई इमानदार भएर जनताको काममा लाग्ने निर्देशन समेत दिनुभयो ।  

कमेन्ट गर्नुहोस्