लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

फ्रेन्डसिप कपमा नेपाल बरोडासँग पराजित

tillotmacitynews - 2024 Apr 05 07:41 PM
IMG

तिलोत्तमा सिटी, २०८० चैत २३  गते ।  भारतमा जारी एसएसएस फ्रेन्डसिप कप टी–२० क्रिकेट अन्तर्गत शुक्रबार भएको खेलमा नेपाल पराजित भएको छ। लगातार तीन खेल जितेर एक खेल अगाडि फाइनल पुगेको नेपाल बरोडासँग शुक्रबार ३७ रनले पराजित भएको हो। 


टस जितेर गुजरातको वापीस्थित साइ मेघपान स्पोर्टस् लाइफ मैदानमा पहिला ब्याटिङ गरेको बरोडाले ८ विकेटको क्षतिमा १५६ रन बनाएको थियो। बरोडाले दिएको १५७ रनको चुनौती भेट्न नसक्दा नेपाल ३७ रनले पराजित भएको हो। 


बरोडासामू नेपाल ६ बल अगाडि ११९ रनमा समेटिएको हो। नेपालका लागि सन्दीप जोराले ४३ बलमा ५६ रनको अर्धशतकीय इनिङ खेल्नुभयो। नेपालका कप्तान रोहित पौडेल, सोमपाल कामी, अविनाश बोहोरा र आशिफ शेखलाई विश्राम दिएको खेलमा अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन्।  नेपालका लागि गुल्सन झा र करण केसीले समान २/२ विकेट लिनुभयो भने ललित राजवंशी, प्रतिश जिसी र आकाश चन्दले समान १/१ विकेट हात पार्नुभयो। 


फाइनलमा नेपालले आइतबार गुजरातसँग प्रतिस्पर्धा गर्नेछ।  

कमेन्ट गर्नुहोस्