लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

रुख ढलेर च्यापिँदा पाल्पामा एक जनाको मृत्यु

tillotmacitynews - 2024 Mar 31 02:01 PM
IMG

तिलोत्तमा सिटी,२०८० चैत्र १८  गते । पाल्पामा हावाहुरीले रुख ढलेर च्यापिँदा एक जनाको मृत्यु भएको छ । तानसेन डुम्रेस्थित जरे पीपल नजिकै शनिवार बेलुकी सल्लाको रुख पल्टेर लाग्दा स्कुटर चालक तानसेन–५, कैलाशनगरका २० वर्षीय भुवन सिंजालीको घटनास्थलमै मृत्यु भएको प्रत्यक्षदर्शीले बताएका छन् । एक्कासि हावा हुरी आएपछि सिद्धार्थ राजमार्गको रुख नजिकै बस्नुभएका सिंजालीको ढलेको रुखले च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो । सिंजालीको घटनास्थलमै ज्यान गएको उहाँले बताउनुभयो । 


लु ८१ प ११३६ नम्बरको स्कुटर चालक भुवन पाल्पाबाट बुटवलतर्फ आउनुभएको थियो । हावाहुरीकै कारण सोही स्थानमै रोकिराखेको ग १० प ५७२१ नम्बरको स्कुटर र एक मोटरसाइकलमा पनि क्षति पुगेको छ । स्कुटरमा सवार अर्का एक जना सामान्य घाइते भएको पाल्पा प्रहरीले जनाएको छ । पानीसहित आएको हावाहुरीले रुख पल्टाएका  कारण केही समय पाल्पा–बुटवल सिद्धार्थ राजमार्ग अवरुद्ध भएको थियो । यस्तै हावाहुरी तथा असिना पानीले बालीनाली र घर तथा गोठमा क्षति पुगेको प्रहरीले जनाएको छ । 

कमेन्ट गर्नुहोस्