लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

धनगढीबाट काठमाडौंका लागि उडेको जहाज भैरहवा अवतरण

tillotmacitynews - 2024 Mar 28 07:39 PM
IMG

तिलोत्तमा सिटी, २०८० चैत १५ गते । भिजिविलिटी कम भएपछि विहिबार विहान धनगढीबाट काठमाडौंका लागि उडेको जहाज भैरहवा अवतरण गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंका लागि उडेको श्री एयरको जहाज भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । ७७ जना यात्रुसहित बिहान ७ बजेर १२ मिनेटमा धनगढी विमानस्थलबाट जहाज उडेको थियो। श्री एयरलाइन्सका धनगढी ईञ्चार्ज गजेन्द्र शाहीका अनुसार काठमाडौंको आकाश खुलेको सूचनापछि धनगढीबाट जहाज उडेको थियो। तर काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज अवतरण गर्न सकेन। मौसम बिग्रिएपछि जहाजलाई आकासमै होल्ड गरिएको थियो।


केही समयपछि जहाजलाई भैरहवा विमानस्थलमा अवतरण गरिएको उनले बताए। जहाज बिहान ९ बजेर ३४ मिनेटमा भैरहवास्थित विमानस्थलमा अवतरण गरेको थियो।

कमेन्ट गर्नुहोस्