लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

बिहारमा निर्माणाधिन पुल भत्किंदा १ जनाको मृत्यु, १० घाइते

tillotmacitynews - 2024 Mar 24 05:43 PM
IMG

तिलोत्तमा सिटी, २०८० चैत ११ गते । भारतको बिहारमा कोशी नदीमाथि बनिरहेको पुल भत्किंदा १ जना कामदारको मृत्यु भएको छ । शुक्रबार बिहान सुपौल जिल्लामा कोशी नदीमाथि निर्माणाधिन पुल भत्किंदा थप १० कामदार घाइते भएको बीबीसीले जनाएको छ । भत्किएको पुलमुनि निर्माण सामग्री ओसार्ने एउटा गाडी भेटिएको छ । प्रहरीले घटनाबारे छानबिन भइरहेको बताए पनि स्थानीयबासीले अरु कामदार पुरिएको हुनसक्ने आशंका गरेका छन् । पुल नहुँदा कोशी नदी पार गर्न हिउँदमा बाँसको पुल र बर्खामा डुङ्गा प्रयोग गर्नुपर्ने बाध्यता छ । निर्माणाधिन पुल सम्पन्न भएपछि मधुवनी र सुपौलबीचको दुरी करिब ३० किलोमिटर घट्ने बताइएको छ ।


बिहारमा पछिल्लो ४ वर्षमा मात्रै १० निर्माणाधिन पुल भत्किएका छन् ।

कमेन्ट गर्नुहोस्