लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

पत्रकार महासंघको महाधिवेशन २१ वैशाख लुम्बिनीमा

IMG

तिलोत्तमा,२०८० चैत्र ७ गते।नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आगामी वैशाख २१ गते लुम्बिनीमा हुने भएको छ ।महासंघको आज बसेको केन्द्रीय समितिको बैठकले केन्द्रीय महाधिवेशन २०८१ साल वैशाख २१ गते लुम्बिनीमा गर्ने निर्णय गरेको महासंघका महासचिव रोशन पुरीले जानकारी दिए ।उनका अनुसार महासंघले जिल्ला, शाखा तथा एसोसिएट्स संस्थाहरुको अधिवेशनहरु आजैदेखि चैत मसान्तसम्म सम्पन्न गरिसक्ने र प्रदेश अधिवेशनहरु वैशाख १ गतेदेखि १२ गतेसम्म सम्पन्न गरिसक्ने निर्णय समेत गरेको छ ।केन्द्रीय महाधिवेशनले महासंघको नयाँ नेतृत्व समेत चुन्‍नेछ ।

कमेन्ट गर्नुहोस्