
तिलोत्तमा,२०८० चैत्र ६ गते।रुपन्देहीमा विभिन्न मुद्दाका फरार कसुरदारलाई प्रहरीले पक्राउ गरेको छ । रुपन्देही जिल्ला अदालतको विभिन्न मितिको फैसलाले कैद तथा जरिवाना तोकिएर हालसम्म फरार रहेका ६ जना कसुरदारलाई पक्राउ गरिएको रुपन्देही प्रहरीले जनाएको छ ।ईलाका प्रहरी कार्यालय बुटवल, वडा प्रहरी कार्यालय बुटवल, प्रहरी चौकी मैनिहवा र प्रहरी चौकी मेउडिहवाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) मनोहर प्रसाद भट्टले बताए ।पक्राउ परेका व्यक्तिहरुलाई मंगलबार जिल्ला अदालतमा कैद तथा जरिवाना भुक्तानको लागि पेश गरिएको डीएसपी भट्टले जानकारी दिए ।
को हुन् पक्राउ परेका ६ जना ?
रुपन्देही प्रहरीका अनुसार २०६८ चैत २५ गतेको फैसलाले सवारीज्यान मुद्दामा १० दिन कैद र रु. २ सय जरिवाना भएका रुपन्देहीको बुटवल उप–महानगरपालिका–४ बस्ने राम प्रसाद नेपाली पक्राउ परेका छन् ।त्यस्तै २०७१ सालको फैसलाले ज्यान मार्ने उद्योग मुद्दामा ५ वर्ष ५ महिना ७ दिन कैद फैसला भएका बुटवल उप–महानगरपालिका–७ बस्ने बिष्णु गुरुङ, २०७८ असोज १८ गतेको फैसलाले अपहरण.बन्धक मुद्दामा रु. २ हजार जरिवाना भएका रोहिणी गाउँपालिका–२ बस्ने अफाक खान र २०७४ पुस १९ गतेको फैसलाले सवारीज्यान मुद्दामा रु.२ हजार जरिवाना भएका रोहिणी–२ बस्ने आजाद खाँलाई प्रहरीले पक्राउ गरेको छ ।त्यसै गरी २०७५ असार १ को फैसलाले जबरजस्तीकरणी मुद्दामा १ वर्ष कैद र रु. १० हजार जरिवाना भएका रुपन्देही सिद्धार्थनगर नगरपालिका–११ बस्ने राम मिलन यादव र २०७८ असार १ को फैसलाले ज्यान मार्ने उद्योग मुद्दामा रु.२५ हजार ५ सय जरिवाना भएका जिल्ला सिद्धार्थनगर–११ बस्ने विरेन्द्र यादव रहेको रुपन्देही प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्