लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

मणिग्राममा दुर्घटना गराएर भागेको भारतीय नम्बरको स्कार्पियो लुम्बिनीमा पक्राउ

IMG

तिलोत्तमा,२०८० चैत्र ६ गते। भारतीय नम्बर ल्पेटको स्कार्पियोले ठक्कर दिदाँ मणिग्रामचोकमा १ जना घाइते भएका छन । बुटवलबाट भैरहवातर्फ जाँदै गरेको युपी ७१ डब्लु २७४७ नम्बरको भारतीय स्कार्पियोले मणिग्रामचोकमा बाटो काटदै गरेको मोटरसाइकललाई आज बिहान ७ बजे ठक्कर दिएको थियो ।स्कार्पियोको ठक्करबाट लु६३प ५५७४ नम्बरको पल्सर मोटरसाइकलमा सवार तिलोत्तमा १२ बुधबारे निवासी ४८ वर्षिय अनिल कुमार चौधरी घाइते भएको प्रहरीले जनाएको छ ।


घाइते चौधरीको अहिले क्रिमसन अस्पतालमा उपचार भैरहेको छ भने अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।घाइतेको दुवै खुट्टा तथा छातमिा चोट लागेको अस्पताल प्रशाशनले जानकारी दिएको छ । मोटरसाइकललाई ठक्कर दिएर भागेको भारतीय नम्बर ल्पेटको स्कार्पियो र चालकलाई भने प्रहरीले लुम्बिनीबाट पक्राउ गरि जिप्रका चलान गरेको जनाएको छ ।भारतको फतेहपुर बस्ने २० बर्षिय स्कार्पियो चालक मेराज अहमदलाई प्रहरी हिरासतमा राखेर अनुसन्धान भैरहेको जिप्रका रुपन्देहीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्