लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

आयोजक नवयुवा सेमिफाइनल प्रवेश गर्न सफल

IMG

तिलोत्तमा सिटी, २०८० चैत ६ गते । नवयुवा खेलकुद तथा साँस्कृतिक परिवार, ओमसतिया–१, ठुटिपिपलको आयोजनामा जारी ११औं नवयुवा कप खुला नकआउट फुटबल प्रतियोगितामा आयोजक क्लव नवयुवा खेलकुद तथा साँस्कृतिक परिवार, ठुटिपिपलले विजयी पक्का गरेको छ । ओमसतिया–२ स्थित कर्मडाँडा खेलमैदानमा आज भएको खेलमा पुरा समयमा दुवै टिमबाट १/१ गोल भएकाले खेल पेनाल्टि सुटआउटमा गएको थियो जसमा नवयुवा खेलकुद तथा साँस्कृतिक परिवार, ठुटिपिपलले आहना फुटबल क्लब, बुटवललाई २ का बिरुद्ध ४ गोल गर्दै विजयी भएको खेल संयोजक विष्णु वराल मगरले बताए । 


नवयुवा खेलकुद तथा साँस्कृतिक परिवार, ठुटिपिपलको आयोजनामा शुरु प्रतियोगिताको विजेताले उपाधिसहित नगद २,०२,२२२ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,०१,१११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । साथै विभिन्न विधामा उत्कृस्ट खेलाडीले नगद सहित ट्रफी पाउनेछन् भने दैनिक म्यान अफ द म्याचले नगद १ हजार ५ सय सहित ट्रफी पाउने छन्। कुल १२ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल चैत १० गतेका दिन हुनेछ ।

कमेन्ट गर्नुहोस्