लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

रवि लामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन आवश्यक छैन : केपी ओली

tillotmacitynews - 2024 Mar 19 07:20 PM
IMG

तिलोत्तमा सिटी, २०८० चैत ६ गते । प्रमुख सत्तासाझेदार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सहकारी रकम हिनामिनामा मुछिएका उपप्रधानमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन बनाउन नपर्ने बताएका छन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सहकारीको रकम हिनामिनामा गृहमन्त्री लामिछानेमाथि अनुसन्धान गर्न पर्याप्त प्रमाण रहेको दाबी गर्दै कांग्रेसले छानबिनका लागि संसदीय समिति गठन गर्न माग गरेको थियोे ।


यसपछि सोही बैठकमा सहभागी भएर बाहिरिने क्रममा उनले कांग्रेसले उपप्रधानमन्त्री लामिछानेविरुद्ध प्रतिशोधपूर्ण अभिव्यक्ति दिएको र संसदीय छानबिन समिति बनाउनु पर्ने अवस्था नरहेको बताएका हुन् ।  सरकारबाट बाहिर भएकाले कांग्रेसले उत्तेजना देखाउने, प्रतिशोधपूर्ण अभिव्यक्ति, क्रियाकलाप गर्ने र संसद अवरुद्ध गर्ने जस्ता क्रियाकलाप गर्न नहुने भन्दै अध्यक्ष ओलीले भने, ‘सरकारभन्दा बाहिर हुनेबित्तिकै नेपाली कांग्रेस जस्तो पार्टीले कुनै आवेश, उत्तेजना देखाउने, प्रतिशोधपूर्ण अभिव्यक्ति, क्रियाकलाप गर्ने र संसद अवरुद्ध गर्ने जस्ता क्रियाकलाप गर्नु हुँदैन ।’

कमेन्ट गर्नुहोस्