लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तरुण दल तिलोत्तमाको आयोजनामा यादवनाथ आलोक स्मृती फ़ुट्सल हुँदै

IMG

तिलोत्तमा,२०८० चैत्र १ गते। पंचायत बिरुद्धको आन्दोलनमा रुपन्देहीको तिलोत्तमा-१३ बनकट्टिमा आफ्नो ज्यान गुमाएका शहिद यादव नाथ आलोक (न्यौपाने)को स्मृतिमा तरुण दल तिलोत्तमाले दोस्रो फ़ुटसलको आयोजना गर्ने भएको छ। नेपाली राजनीतिमा व्यवस्था बदल्न आफ्नो ज्यान आहुति दिई अल्पायुमै दिवंगत भएका आलोकको आत्माको चिर शान्तिको कामना सहित दोस्रो फाईभ-ए साईड फ़ुट्सलको आयोजना गर्न लागेको तरुण दल तिलोत्तमा नगर समितिका अध्यक्ष खिम क्षेत्रीले जानकारी दिएका छन् ।


आयोजक तरुणदल तिलोत्तमा नगरसमितिले विहिबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी पूरा भएको जनाएको छ । तरणदल तिलोत्तमाका अध्यक्ष खिम क्षेत्रीले शहिद यादवनाथ आलोकको सम्झनामा गर्न लागिएको प्रतियोगितामा तिलोत्तमा १७ वटा टिमको सहभागिता रहने बताए । तिलोत्तमा-५ कफि कम्पनी नजिक रहेको युनिक फुटसल एरिनामा हुने प्रतियोगिताको उद्घाटन सहित यादवनाथ आलोककी श्रीमती सिता न्यौपानले गर्ने कार्यक्रम रहेको छ ।


प्रतियोगितामा विजेताले ३० हजार र उपविजेताले १५ हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्तगर्नेछन् । त्यस्तै विधागत उत्कृस्ट खेलाडीले नगद रु ५ हजार सहित ट्रफी पाउने छन्। कुल २ लाख ८० हजार खर्च अनुमान गरिएको प्रतियोगिताको समापन शनिबार हुनेछ ।कार्यक्रममा शहिद यादवनाथ आलोककी छोरी विना न्यौपाने, नेपाली कांग्रेस पुर्व पार्टी सभापती रामचन्द्र ढकाल, शहिद यादवनाथ आलोक स्मृति केन्द्रका अध्यक्ष हेमराज अर्याल लगाएतले बोल्दै आलोकले समाजमा पुराएको योगदानको बारेमा चर्चा गरेका थिए । कार्यक्रम नगर समितिका सदस्य अर्जुन क्षेत्री हापुको स्वागत तथा सचिव होम पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।कार्यक्रममा तिलोत्तमा नगरपालिकाका वडा नम्बर ३ का अध्यक्ष कल्याण पौडेल, वडा नम्बर ५ का अध्य्क्ष रमेश डुम्रे लगायतका नेताहरुको उपस्थिति रहेको थियो।  

कमेन्ट गर्नुहोस्