लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

ठुटिपिपलमा ११औं नवयुवा कप शुरु, पहिलो खेलमा लिस्नुद्वारा देवदह पराजित

IMG

तिलोत्तमा,२०८० फाल्गुण ३० गते।नवयुवा खेलकुद तथा साँस्कृतिक परिवार, ओमसतिया–१, ठुटिपिपलको आयोजनामा मंगलबारदेखि शुरु ११औं नवयुवा कप खुला नकआउट फुटबल प्रतियोगितामा लिस्नु युवा क्लब, कोटिहवाले विजयी शुरुवात गरेको छ । ओमसतिया–२ स्थित कर्मडाँडा खेलमैदानमा भएको उद्घाटन खेलमा लिस्नुले देवदह ब्वाईज, देवदहलाई शून्यका विरुद्ध १ गोलले हराउँदै विजयी शुरुवात गरेको हो । लिस्नुको जितमा खेलको ५५औं मिनटमा अमर डंगोलले गरेको एक मात्र गोल निर्णायक गोल बन्यो ।


निर्णायक गोलकर्ता लिस्नुका अमर डंगोल नै म्यान अफ द म्याच चुनिए । यो जितसँगै लिस्नु क्वाटरफाइनलमा प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत फागुन ३० गते बुधबारको प्रिक्वाटरफाइनल खेल झरना स्पोर्ट्स क्लब, कुन्जलापुर र न्यु सृजना युवा क्लब, करौजिया बीच हुने खेल संयोजक बिष्णु बरालले जानकारी दिए ।प्रतियोगिताको उद्घाटन एक कार्यक्रमका बीच ओमसतिया गाउँपालिकाका अध्यक्ष मन्जित कुमार यादवले गरेका थिए । सो अवसरमा ओमसतिया गाउँपालिकाकी उपाध्यक्ष सुनिता चौधरी, ओमसतिया गाउँपालिका वार्ड नम्बर १ का अध्यक्ष बेल बहादुर बराल, रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष लोक पुन, आर्थिक तथा खेल संयोजक दिल बहादुर गुरुङ, आयोजक क्लबका अध्यक्ष चन्द्र गुरुङ लगायतको पनि उपस्थिति रहेको थियो ।


नवयुवा खेलकुद तथा साँस्कृतिक परिवार, ठुटिपिपलको आयोजनामा शुरु प्रतियोगिताको विजेताले उपाधिसहित नगद २,०२,२२२ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,०१,१११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । साथै विभिन्न विधामा उत्कृस्ट खेलाडीले नगद सहित ट्रफी पाउनेछन् भने दैनिक म्यान अफ द म्याचले नगद १ हजार ५ सय सहित ट्रफी पाउने छन्। कुल १२ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल चैत १० गतेका दिन हुनेछ ।

कमेन्ट गर्नुहोस्