
तिलोत्तमा,२०८० फाल्गुण २६ गते।रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर-८ खेलकुद बिकास समितिको आयोजना टोल स्तरिय फुटबल प्रतियोगिता शुरु भएको छ। पुजन भण्डारीको अध्यक्षता तथा वडा नम्बर-८ का अधय्क्ष कृष्ण प्रसाद पौडेलको प्रमुख आतिथ्यतामा शुभारम्भ भएको सो सेभेन ए साइड फुटबल प्रतियोगितामा पहिलो दिन ४ खेल सम्पन्न भएको छ।
उद्घाटनको पहिलो खेलमा दिपज्यिती टोलले रामजानकी टोललाई ० का बिरुद्ध २ गोल गरि जित हासिल गरेको थियो भने प्रतियोगिताको दोस्रो खेलमा प्रदिप नगर टोल ले मिलन टोललाई १ का बिरुद्ध २ गोल गर्दै जित निकालेको थियो। त्यस्तै प्रतियोगिताको तेस्रो खेलमा संगम टोलले विश्व शान्ती टोललाई ० का बिरुद्ध ६ गोल गर्दै फराकिलो जित सुनिस्चित गर्यो भने उद्घाटनको अन्तिम खेल ज्योति शान्ति टोलले बिन्दबासिनी टोललाई ० का बिरुद्ध १ गोल गर्दै जित निकालेको हो। शनिबार बिहानैबाट सेमिफाइनलका २ खेल हरु हुने सागर न्यौपानेले बताउनुभयो।
प्रतियोगिताको सफलताको शुभकामना दिंदै प्रमुख अतिथि वडा अध्यक्ष पौडेलले खेलकुद मार्फत युवाहरुलाई एकजुट बनाउन सहयोग गर्दै स्वास्थ्यका लागि समेत टेवा पुगेको बताउनुभयो। सो अवसरमा हरिलाल पाण्डे, इश्वरी न्यौपाने, अर्जुन खरेल, सागर न्यौपाने, राजुमान गुरुङ लागयातले बोल्दै प्रतियोगिताको सफलताको कामना गरेका थिए।समितिका उपध्यक्ष तथा खेल संयोजक निरज पुनको स्वागतमा शुरु भएको खेल उद्घाटन कार्यक्रमको संचालन प्रतिक पाण्डेले गर्नुभएको थियो।
कमेन्ट गर्नुहोस्