लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

न्यु सृजना कपको फाइनलमा समपुर्ण र फर्साटिकर भिडदै

tillotmacitynews - 2024 Mar 07 07:31 PM
IMG

तिलोत्तमा सिटी २०८० फागुन २४ गते । न्यु सिर्जना युवा कल्बकाे आयाेजनामा  जारी  छैठाैं न्यु सिर्जना कप नक आउट फुटबल प्रतियाेगिता अन्तर्गतका सबै सेमिफाइनल खेल समाप्त भएका छन भने यहि २६ गते शनिबार फाइनल खेल हुँदैछ । उक्त फाइनल खेलमा तिलोत्तमाकै उत्कृष्ट दुइ टिम समपुर्ण युवा क्लव,सुपैली र फर्साटिकर युवा क्लव,फर्साटिकर बिच हुनेछ । स्वः खगी गुरुङसेनीको स्मृतिमा सञ्चालन भएको खेल तिलोत्तमा १३,करैजिया स्थित न्यु सृजना युवा क्लवको खेल मैदानमा हुने खेल संयोजक शेर बहादुर गुरुङले बताए । 


प्रतियोगितामा रुपन्देहिका १६ वटा टिमकाे सहभागीता छ । क्याप्टेन नरजंग गुरुङको मुख्य प्रायोजनमा रहेकाे प्रतियाेगिताका विजेता टिमले रु १ लाख १६ हजार नगद राशि सहित शिल्ड , मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेता हुने टोलीले नगद रु ६० हजार नगद सहित शिल्ड मेडल र प्रमाणपत्र पाउने आयाेजकले जनाएकाे छ  । विद्यागत उत्कृष्ट खेलाडी लाई समेत नगद राशी सही पुरस्कृत गरिने छ । जारी खेल फागुन २६ गतेसम्म सञ्चालन हुने कल्बका अध्यक्ष  सोबित थापा दर्लामीले बताउनु भयो ।

कमेन्ट गर्नुहोस्