
तिलोत्तमा सिटी २०८० फागुन २३ गते । न्यु सिर्जना युवा कल्बकाे आयाेजनामा जारी छैठाैं न्यु सिर्जना कप नक आउट फुटबल प्रतियाेगिताको आजको अन्तिम सेमिफाइनल फर्साटिकर युवा क्लव,फर्साटिकर बिजयी भएको छ । खेल झरना स्पोस्ट्स क्लव,कुञ्जलापुर र फर्साटिकर युवा क्लव,फर्साटिकर बिच भएको थियो । स्वः खगी गुरुङसेनीको स्मृतिमा सञ्चालन भएको आज को खेलमा पुरा समयमा दुवै टिमबाट १-१ गोल भएकाले खेल टाइब्रेकरमा गयो जसमा फर्साटिकरले झरनालाइ ५ को विरुद्ध ६ गोल गर्दै फर्साटिकर फाइनल प्रवेश गर्न सफल भएको छ । खेलको म्यान अफ द म्याच फर्साटिकर युवा क्लवका आशिष राना भए र २६ गते शनिबार फाइनल खेल समपुर्ण युवा क्लव,सुपैली र फर्साटिकर युवा क्लव,फर्साटिकर बिच हुने खेल संयोजक शेर बहादुर गुरुङले बताए ।
प्रतियोगितामा रुपन्देहिका १६ वटा टिमकाे सहभागीता छ । क्याप्टेन नरजंग गुरुङको मुख्य प्रायोजनमा रहेकाे प्रतियाेगिताका विजेता टिमले रु १ लाख १६ हजार नगद राशि सहित शिल्ड , मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेता हुने टोलीले नगद रु ६० हजार नगद सहित शिल्ड मेडल र प्रमाणपत्र पाउने आयाेजकले जनाएकाे छ । विद्यागत उत्कृष्ट खेलाडी लाई समेत नगद राशी सही पुरस्कृत गरिने छ । जारी खेल फागुन २६ गतेसम्म सञ्चालन हुने कल्बका अध्यक्ष सोबित थापा दर्लामीले बताउनु भयो ।
कमेन्ट गर्नुहोस्