लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

माछापुच्छ्रे युवा क्लब क्वाटरफाइनल प्रवेश

tillotmacitynews - 2024 Feb 29 08:26 PM
IMG

तिलोत्तमा सिटी २०८० फागुन १७ गते । न्यु सिर्जना युवा कल्बकाे आयाेजनामा  जारी  छैठाैं न्यु सिर्जना कप नक आउट फुटबल प्रतियाेगिताको आजको खेलमा माछापुच्छ्रे युवा क्लब बिजयी भएको छ । खेल राधाकृष्ण युवा क्लब,दल्का भर्सेज माछापुच्छ्रे युवा क्लब,पक्लिहवा बिच भएको  थियो । स्वः खगी गुरुङसेनीको स्मृतिमा सञ्चालन भएको आज को खेलमा राधाकृष्ण युवा क्लब लाई ०  को विरुद्ध  ३ गोल गर्दै माछापुच्छ्रे युवा क्लबले जित हासिल गरेको छ। खेलको म्यान अफ द म्याच माछापुच्छ्रे युवा क्लबका खेलाडी जर्सी नं ७ प्रीन्स गुरुङ्ग भए साथै म्यान अफ द म्याचको ट्रफी तथा नगद हस्तान्तरण अतिथी करौजिया टोल बिकास संस्थाका अध्यक्ष छबिराम सोमैले गरेका थिए । भोलीको पहिलो क्वाटर फाइनल खेल शुद्धोधन गाउँ पालिका फर्साटिकर भर्सेज तिलोत्तमा ११ बिच हुने खेल संयोजक शेर बहादुर गुरुङले बताए । 


प्रतियोगितामा रुपन्देहिका १६ वटा टिमकाे सहभागीता छ । क्याप्टेन नरजंग गुरुङको मुख्य प्रायोजनमा रहेकाे प्रतियाेगिताका विजेता टिमले रु १ लाख १६ हजार नगद राशि सहित शिल्ड , मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेता हुने टोलीले नगद रु ६० हजार नगद सहित शिल्ड मेडल र प्रमाणपत्र पाउने आयाेजकले जनाएकाे छ  । विद्यागत उत्कृष्ट खेलाडी लाई समेत नगद राशी सही पुरस्कृत गरिने छ । जारी खेल फागुन २६ गतेसम्म सञ्चालन हुने कल्बका अध्यक्ष  सोबित थापा दर्लामीले बताउनु भयो ।


कमेन्ट गर्नुहोस्