लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

समपूर्ण युवा क्लब क्वाटरफाइनल प्रवेश

tillotmacitynews - 2024 Feb 28 07:52 PM
IMG

तिलोत्तमा सिटी २०८० फागुन १६ गत । न्यु सिर्जना युवा कल्बकाे आयाेजनामा  जारी  छैठाैं न्यु सिर्जना कप नक आउट फुटबल प्रतियाेगिताको आजको खेलमा  समपूर्ण युवा क्लब सुपैली बिजयी भएको छ । खेल समपूर्ण युवा क्लब,सुपैली भर्सेज देविनगर युवा क्लव,बुटवल बिच भएको  थियो । स्वः खगी गुरुङसेनीको स्मृतिमा   सन्चालन भएको आज को खेलमा दुबै टिम बाट २/२ गोल बराबरी भए पछि खेल ट्राइब्रेकरमा गएको थियो । ट्राइब्रेकरमा ५ गोलको विरुद्ध ४ गोल गर्दै समपूर्ण युवा क्लब सुपैली बिजयी भएको छ । खेलको म्यान अफ द म्याच समपूर्ण युवा क्लबका निखिल पुन भएको खेल संयोजक शेर बहादुर गुरुङले बताउनु  भयो । 


प्रतियोगितामा रुपन्देहिका १६ वटा टिमकाे सहभागीता छ । क्याप्टेन नरजंग गुरुङको मुख्य प्रायोजनमा रहेकाे प्रतियाेगिताका विजेता टिमले रु १ लाख १६ हजार नगद राशि सहित शिल्ड , मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेता हुने टोलीले नगद रु ६० हजार नगद सहित शिल्ड मेडल र प्रमाणपत्र पाउने आयाेजकले जनाएकाे छ  । विद्यागत उत्कृष्ट खेलाडी लाई समेत नगद राशी सही पुरस्कृत गरिने छ । जारी खेल फागुन २६ गतेसम्म सञ्चालन हुने कल्बका अध्यक्ष  सोबित थापा दर्लामीले बताउनु भयो ।


कमेन्ट गर्नुहोस्