लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

मेयर बालेनले ‘टर्चर’ दिएको महिला कर्मचारीको आरोप

tillotmacitynews - 2024 Feb 28 07:31 PM
IMG

तिलोत्तमा सिटी २०८० फागुन १६ गते । काठमाडौं महानगरपालिकाकी एक महिला कर्मचारीले मेयर बालेन साहले आफूलाई मानसिक याताना दिएको आरोप लगाएकी छिन् । महानगरकी वरिष्ठ कानुन अधिकृत (आठौं तह) सस्मिता घिमिरेले मेयर साहले आफूलाई लामो समयदेखि जिम्मेवारविहीन बनाएर ‘टर्चर’ दिएको आरोप लगाएकी हुन् । महानगरको कानुन विभागमा दरबन्दी आवश्यक हुँदा समेत आफूलाई नराखेर मेयर बालेनले आफ्ना नजिकका मान्छेलाई राखेको उनको आरोप छ ।


घरमा बस्दा जागिर जाने डरले कार्यालयमा हाजिर गरेर फर्किनु पर्ने बाध्यता रहेको उनको गुनसो छ । ‘अफिस जाउँ भने कुर्सी टेबल केही छैन, नजाउँ भने सानो गल्तीले जागिर जान्छ । प्रशासनमा चरम राजनीति छ । मेयरले आफ्नो कार्यालयमा के भइरहेको छ भनेर हेर्नुपर्ने हो । तर हेरेका छैनन्,’ अनलाइनखबरसँग उनले गुनासो गर्दै भनिन्, ‘मेरो एउटै माग भनेको मलाई पदीय जिम्मेवारी दिनुपर्छ भन्ने हो । अरु केही होइन ।’


उनले सामाजिक सञ्जालमा स्टाटस राखेर आफूमाथि अन्याय भएको बताएकी छिन् । सचिवालय भन्छ : थाहा छैन, बुझ्दै छौं मेयर साहको सचिवालयले भने यो विषयमा थाहा नभएको भन्दै स्टाटस आएपछि बुझ्ने काम भइरहेको जनाएको छ । ‘मेयर ज्यूले त उहाँलाई चिन्नुपनि हुँदैन होला । उहाँले भनेको विषयमा बुझिरहेका छौं । अब मानसिक दबाब, तनावको कुरा त कसले गर्छ र ?,’ बालेनका प्रमुख स्वकीय सचिव भूपदेव शाहले भने ।


उनले यसो किन भनेको विषयमा अनभिज्ञ रहेको भन्दै शाहले बुझेर मात्रै बोल्ने बताए ।

कमेन्ट गर्नुहोस्