लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

आजको खेलमा फर्साटिकर विजयी

tillotmacitynews - 2024 Feb 26 08:59 PM
IMG

तिलोत्तमा सिटी २०८० फागुन १४ गते ।न्यु सिर्जना युवा कल्बकाे आयाेजनामा  जारी  छैठाैं न्यु सिर्जना कप नक आउट फुटबल प्रतियाेगितामा छैठौं दिनकाे  खेलमा  फर्साटिकर युवा क्लब फर्साटिकर बिजयी  भएको छ। फर्साटिकर युवा क्लब फर्साटिकर भर्सेज न्यू राइज युवा कल्ब बभनी बिच भएको  थियो । स्वः खगी गुरुङसेनीको स्मृतिमा   सन्चालन भएको  आज को खेलमा दुबै टिम बाट १/१ गोल बराबरी भए पछि खेल ट्राइब्रेकरमा गएको थियो। ट्राइब्रेकरमा २ गोलको विरुद्ध ३ गोल गर्दै फर्साटिकर युवा क्लब फर्साटिकर बिजयी भएको छ ।खेलको म्यान अफ द म्याच  फर्साटिकर युवा क्लबका गोलकिपर शुभाङ्कर जिसी  भएका छन । म्यान अफ द म्याचलाइ अन्डर ट्वान्टी नेशनल कोच यम गुरुङ्ग ज्युले ट्रफी तथा नगद हस्तान्तरण  गर्नु भएको खेल संयोजक शेर बहादुर गुरुङले बताउनु  भयो । 


प्रतियोगितामा रुपन्देहिका १६ वटा टिमकाे सहभागीता छ । क्याप्टेन नरजंग गुरुङको मुख्य प्रायोजनमा रहेकाे प्रतियाेगिताका विजेता टिमले रु१लाख १६ हजार नगद राशि सहित शिल्ड , मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेता हुने टोलीले नगद रु ६० हजार नगद सहित शिल्ड मेडल र प्रमाणपत्र पाउने आयाेजकले जनाएकाे छ  । विद्यागत उत्कृष्ट खेलाडी लाई समेत नगद राशी सही पुरस्कृत गरिने छ । जारि खेल फागुन २६ गतेसम्म सञ्चालन हुने कल्बका अध्यक्ष  सोबित थापा दर्लामीले बताउनु भयो ।



 

कमेन्ट गर्नुहोस्