
तिलोत्तमा सिटी २०८० फागुन १३ गते । रुपन्देही तिलोत्तमा नगरपालिका १३, करौजिया खेलमैदानमा स्व. खगी गुरुङसेनी स्मृति छैठौ न्यु सृजना कप फुटबल प्रतियोगिता चलिरहेको छ । आजको खेल आयोजक टिम न्यु सृजना युवा क्लव ,करौजिया र नवयुवा खेलकुद तथा सांस्कृतिक परिवार , ठुटिपिपल बिच भएको थियो । उक्त खेलमा पुरा समयमा दुवै टिमबाट २-२ गोल भएकाले खेल पेनाल्टी सुटआउटमा गएको थियो जसमा न्य सृजनाले नवयुवालाइ १ को विरुद्ध ३ गोल गरी जित हासिल गर्न सफल भयो । साथै भोलि हुने खेल फर्साटिकर युवा क्लव, फर्साटिकर र न्यु राइज युवा क्लव,बभनी बिच हुने क्लवका खेल संयोजक शेर बहादुर गुरुङले बताए।
स्थानिय खेलाडि उत्पादनमा जोड दिनका लागि स्व: खगी गुरुङसेनीको स्मृतिमा श्रीमान् क्याप्टेन नरजंग गुरुङको मुख्य प्रायोजन तथा तिलोत्तमा नगरपालिकाको सहयोगमा प्रतियोगिता सम्पन्न हुन लागेको हो । उक्त प्रतियोगिताका बिजेताले नगद १ लाख १६ हजार सहित शिल्ड मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेता हुने टोलीले नगद रु ६० हजार नगद सहित शिल्ड मेडल र प्रमाणपत्र पाउने साथै खेल फागुन २६ गतेसम्म चल्ने आयोजक क्लबका अध्यक्ष सोबित दर्लामीले जानकारी दिए ।
कमेन्ट गर्नुहोस्