लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सहज जितका साथ टिकुलिगढ विजयी

tillotmacitynews - 2024 Feb 24 08:04 PM
IMG

तिलोत्तमा सिटी २०८० फागुन १२ गते । रुपन्देही तिलोत्तमा नगरपालिका १३, करौजिया खेलमैदानमा स्व. खगी गुरुङसेनी स्मृति छैठौ न्यु सृजना कप फुटबल प्रतियोगिता  चलिरहेको छ । आजको खेल ओमसतिया फुटवल क्लव ,ओमसतिया र नव टिकुलिगढ युवा क्लव,टिकुलिगढ बिच भएको थियो । उक्त खेलमा टिकुलिगढले ओमसतियालाइ ० को विरुद्ध १० गोल गरी फराकिलो जित हासिल गर्न सफल भयो । साथै भोलि हुने खेल आयोजक टिम न्यु सृजना युवा क्लव ,करौजिया र नवयुवा खेलकुद तथा सांस्कृतिक परिवार , ठुटिपिपल बिच हुने क्लवका खेल संयोजक सेर बहादुर गुरुङले बताए।  


स्थानिय खेलाडि उत्पादनमा जोड दिनका लागि स्व: खगी गुरुङसेनीको स्मृतिमा श्रीमान् क्याप्टेन नरजंग गुरुङको मुख्य प्रायोजन तथा तिलोत्तमा नगरपालिकाको सहयोगमा प्रतियोगिता सम्पन्न हुन लागेको हो । उक्त प्रतियोगिताका बिजेताले नगद १ लाख १६ हजार सहित शिल्ड मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेता हुने टोलीले नगद रु ६० हजार नगद सहित शिल्ड मेडल र प्रमाणपत्र पाउने साथै खेल फागुन २६ गतेसम्म चल्ने आयोजक क्लबका अध्यक्ष सोबित दर्लामीले जानकारी दिए । 


 

कमेन्ट गर्नुहोस्