लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमा कप क्रिकेटमा वडा नंं ६ र १७ विजयी, भोली अन्तिम सेमिफाइनल खेल

IMG

तिलोत्तमा,२०८० फाल्गुण १० गते। तिलोत्तमामा जारी तिलोत्तमा कप क्रिकेट प्रतियोगिता अन्तर्गत बिहिबार भएका दुई खेलमा वडा नं ६ र १७ विजयी भएका छन् । नव जीवन क्लबको खेल मैदानमा भएको पहिलो खेलमा वडा नम्बर ६ तिलोत्तमा वडा नंं ३ विरुद्ध ८ विकेटले विजयी भएको छ । सो खेलमा सम्राट थापा र आकाश न्यौपानेले क्रमश: २९ र २१ रन जोडे भने सम्राटले ३ विकेट र थमन सिंजालीले २ विकेट लिएका थिए। खेलमा सम्राट थापा प्लेयर अफ द म्याच घोषित भए । खेलमा मैदान य्त्रेको वडा नम्बर ३ १७५ ओभरमा ६३ रनमै सबै विकेट गुमाउदै  प्याक भएको थियो। 


यस्तै तिलोत्तमा वडा नंं १४ र वडा नं १७ बीच भएको खेलमा वडा नंं १४ लाई ४२ रनले हराउंदै वडा नं १७ विजयी भएको छ ।सो खेलमा दिपेश चौधरी प्लेयर अफ द म्याच भए । भोलि फागुन ११ गतेको पहिलो खेल तिलोत्तमा वडा नंं ६ र ४ बीच र दोस्रो खेल तिलोत्तमा वडा नंं २ र वडा नंं १७ बीच हुने प्रतियोगिताका संयोजक एवं आयोजक नवजीवन क्लबका उपाध्यक्ष सागर पाठकले बताए । क्लबसंगै तिलोत्तमा नगरपालिका समेत आयोजक र नगरपालिकाकै आर्थिक सहयोगमा प्रतियोगिता भएको हो। त्यस्तै फागुन १२ गते बिहान १० बजे तिलोत्तमा नगरपालिकाका कर्मचारी र जनप्रतिनिधि बीच मैत्रीपुर्ण खेल हुने आयोजकको भनाई छ। फागुन १३ गतेसम्म चल्ने प्रतियोगितामा प्रथम हुनेले ५० हजार,दोस्रोले २५ हजार,प्लेयर अफ द सिरिजले १० हजार तथा बेस्ट बलर र बेस्ट ब्याट्स म्यानले ५ हजारका दरले पुरस्कार पाउने क्लबका अध्यक्ष केशव भुसालले बताए ।

कमेन्ट गर्नुहोस्